करेन्ट लागेर बालकको मृत्यु

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का १३ वर्षीय रोहित रुम्बा छन्।

मकवानपुर प्रहरीका अनुसार बुधबार दिउँसो इन्द्रसरोवर ५ बाघखोरस्थित रोड निर्माणको लागि खडा गरेको क्रसरको ट्रान्समिटरको तार छुँदा राकेश रुम्बाका १३ वर्षीय छोरा रोहितको मृत्यु भएको हो।

प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले मृतक रुम्बाको मानसिक अवस्था ठीक थिएन। प्रहरी चौकी फाखेल र इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले मुचुल्का उठाई घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता भण्डारीले बताए।

सुझावित समाचार