सरकारले आगामी आर्थिक वर्षमा ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियान सञ्चालन गर्ने भएको छ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
अर्थमन्त्री पुनले जलवायु परिवर्तनले हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा संवाद गरी सो अभियान थालिने बताए।
साथै, सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणसमेत सञ्चालन गर्ने भएको छ।
त्यसैगरी, सरकारले जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित तरिकाले सम्बोधन गर्न ‘राष्ट्रपति जलवायु परिवर्तन योजना कार्यक्रम’ सञ्चालनसमेत गर्ने भएको छ।