प्राथमिक तहको दिवा खाजाका लागि आठ अर्ब विनियोजन

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले प्राथमिक तहका विद्यार्थीलाई दिवा खाजामा प्रोत्साहित गर्न आगामी आर्थिक वर्षमा आठ अर्ब रुपैयाँ विनियोजन गरेको छ। 

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

यो कार्यक्रमबाट साना बालबालिका लाभान्वित भई विद्यार्थी भर्ना हुने दर बढ्ने र प्राथमिक तहको शिक्षामा सुधार हुने अपेक्षा सरकारले लिएको छ।

सुझावित समाचार