सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रपति चुरे संरक्षणका लागि एक अर्ब पाँच करोड बजेट विनियोजन गरेको छ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
चुरे क्षेत्रको संरक्षण रोक्न र व्यवस्थित गर्नका लागि सो बजेट विनियोजन गरिएको हो।