सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम घोषणा गरेको छ। यसका लागि सरकारले प्रधानमन्त्री नेपाल उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम घोषणा गरेको छ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
‘मेक इन नेपाल’ र ‘मेडइन नेपाल’ अभियानमा निजी क्षेत्रसँग सहकार्य गरिने उनले बताए । उत्पादनमूलक उद्योग र पर्यटन स्थलसम्म पहुँच मार्ग, प्रसारणलाइन, नियमित विद्युत् सेवा र इन्टरनेट सेवालगायतका पूर्वाधार निर्माणमा सरकारबाट साझेदारी गरिने अर्थमन्त्री पुनले घोषणा गरे।