अर्थमन्त्री वर्षमान पुनले आमनागरिकलाई आत्मविश्वास र आशा जगाउने गरी बजेट ल्याइएको बताएका छन्।
उनले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
अर्थमन्त्री पुनले सरकारको निरन्तरको प्रयासका कारण अर्थतन्त्र चलायनमा हुँदै गएको र त्यसले नागरिकमा आत्मविश्वास र आशा लगाउने गरी बजेट ल्याइएको बताए।