संघीय संसद्को संयुक्त बैठक दुई घण्टा सारिएकाे छ। सरकारको अनुरोधमा १ बजेका लागि बाेलाइएकाे बैठक दिउँसो ३ बजेलाई सारिएको हाे।
बजेटकाे तयारी नपुगेकाले सरकारकाे अनुराेधमा संयुक्त सदनको बैठक सारिएकाे संसद् सचिवालयले जनाएकाे छ। आजकाे संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/८२ काे बजेट प्रस्तुत गर्दै छन्।