कांग्रेस संसदीय दलको बैठक बस्दै

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।  कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बिहान १० बजे बस्न लागेको जानकारी दिए । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

नेपाली कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका वेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।     

 

सुझावित समाचार