अत्यधिक गर्मी बढेपछि कपिलवस्तुमा तीन दिन विद्यालय बन्द

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

गर्मी अत्यधिक बढ्दै गएपछि कपिलवस्तु नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गरेको छ।

जिल्लाका अन्य स्थानीय तहमा पनि गर्मी बढेपछि विद्यालय बन्द गर्नेबारे छलफल चलेको छ। कपिलवस्तु नगरपालिका नगर शिक्षा समितिले जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गर्ने भन्दै सूचना जारी गरेको छ।

कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरिप्रसाद ज्ञवालीले गर्मी निरन्तर बढ्दै गएपछि पठनपाठनमा समस्या आएकाले विद्यालय तीन दिन बिदा दिइएको बताए ।  

कपिलवस्तु नगरपालिका– ६ स्थित जलवायु मापन केन्द्र  रामनगरका अनुसार एक सातायता जिल्लाको तापक्रम ४० डिग्री सल्सियस पुगेको छ। आइतबार सदरमुकाम तौलिहवाका तापक्रम ४१.५ रहेको थियो।

सुझावित समाचार