रावा बैंकका नवनियुक्त सिइओ खनालले गरे पदभार ग्रहण

आइतबार, १३ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

२ जेठमा बसेको सञ्चालक समितिको बैठकले खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्त गरेको हो । पदभार ग्रहण गर्दै खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी काम गर्ने बताए । 

चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु सिइओ थिए । ०६४ सालमा चार्टर्ड एकाउन्टेन्टका रूपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी उत्तीर्ण हुन् । यसअघि रिक्त रहेको सिइओ पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्न बैंकले दरखास्त आवेदन माग गरेको थियो ।
 

सुझावित समाचार