तोलामा १८ सयले घट्यो सुनको मूल्य

शुक्रबार, ११ जेठ, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा पहेँलो धातुको मूल्य शुक्रबार तोलामा रु. एक हजार आठ सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्य आज रु. एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन तोलामा रु. एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु. एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ। बिहीबार तोलामा रु. एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ५५ निर्धारण भएको छ।

सुझावित समाचार