कर्णाली प्रदेश सरकारले पायो पूर्णता

बुधबार, ९ जेठ, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बुधबार एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा विनोदकुमार शाहलाई नियुक्त गरेका हुन्। 

मन्त्री शाहलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। १८ वैशाखमा शाहलाई मुख्यमन्त्री कँडेलले कृषि मन्त्रालयकै जिम्मेवारी दिएका थिए। तर, शाहले मन्त्रालयको जिम्मेवारीको विषयलाई लिएर शपथ बहिष्कार गरेका थिए।

सुझावित समाचार