कामिरिता ३०औँ पटक सगरमाथा चुचुरोमा

अघिल्लो आइतबार आफैँले बनाएको नयाँ कीर्तिमान तोडे

बुधबार, ९ जेठ, २०८१
डिजिटल संस्करण
कामिरिता ३०औँ पटक सगरमाथा चुचुरोमा

फाइल तस्बिर ।

कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३०औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएका छन्। 

आज (बुधबार) बिहान सात बजेर ४९ मिनेटमा सगरमाथा चुचुरोमा पाइला टेक्दै ५४ वर्षीय कामिरिताले यो सफलता आर्जन गरेका हुन्। उनी सोमबार बिहान आधार शिविरबाट उकालो लागेका थिए। 

उनले अघिल्लो आइतबार (३० वैशाखमा) २९औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा उनी सर्वाधिक सफल आरोही हुन्।

सुझावित समाचार