कागेश्वरी मनहरा घटना : मृतक कृष्णका छोरा रिचेनकाे घाइते अवस्थामा ‘क्युआरटी’ टोलीद्वारा उद्धार

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका– ५ थलीमा आज बिहान मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा रिचेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन्।

मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटीमा काटिएको घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

उनले भने, ‘अनुसन्धानका क्रममा चिरेनलाई हिजो चोभार चाल्नाखेलमा आत्महत्याको प्रयास गर्दा प्रहरीको ‘क्युआरटी’ टोलीले उद्धार गरेको खुलेको छ।’

उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त बौद्धबाट अनुसन्धान सुरु भएको प्रवक्ता अधिकारीले बताए। रासस 

सुझावित समाचार