सिराहाबाट तीन मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

प्रहरीले सिराहाको धनगढीमाई, मिर्चैया र सिराहा नगरपालिका क्षेत्रबाट विभिन्न तीन मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ गरी अदालतमा दाखिल गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कुटपिट मुद्दाका दुई, चोरी मुद्दाका दुई र बैंकिङ कसुर मुद्दाका एक गरी एक लाख एक हजार आठ सय ३१ रुपैयाँ ५८ पैसा जरिवाना तथा तीन वर्ष चार महिना दुई दिन कैद सजायको फैसला तोकिएका पाँचजना फरार प्रतिवादीलाई पक्राउ गरी सिराहा जिल्ला अदालतमा दाखिल गरिएको हो। 

जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटमार्फत १ देखि ७ जेठसम्म खोजतलासको क्रममा चोरी मुद्दामा २२ दिन कैद तथा एक हजार सात सय ३१ रुपैयाँ ५८ पैसा जरिवाना तोकिएका धनगढीमाई– २ भवानीपुरका करिब २८ वर्षीय जीवन मण्डल, बैंकिङ कसुर मुद्दाका मिर्चैया नगरपालिका– १० पिपरा टोलका करिब ३२ वर्षीय प्रमोद यादवलाई पक्राउ गरी अदालतमा दाखिल गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए। 

उनका अनुसार चोरी मुद्दामा दुई महिना कैद सजाय तथा ९९ हजार जरिवाना तोकिएका मिर्चैया– २ पिडारीका करिब २५ वर्षीय अनित कापैर, कुटपिट मुद्दामा जनही एक वर्ष ६ महिना २० दिन कैद तथा पाँच सय ५० रुपैयाँ जरिवाना तोकिएका सिराहा नगरपालिका– १५ का करिब ६५ वर्षीय रामऔतार मण्डल तथा उनका छोरा करिब ३५ वर्षीय प्रेम मण्डललाई पक्राउ गरी अदालतमा बुझाइएको छ।
 
 

See More On

सुझावित समाचार