महानगरले भत्कायो गौशालाका अवैध घरटहरा

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर लगाएको छ । महानगरले आइतबार बिहान आठदेखि साढे १० बजेसम्म सो क्षेत्रका चारवटा घर र ३२ टहरामा डोजर लगाएको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार पटक–पटक सार्वजनिक सूचना जारी र माइकिङ गर्दा पनि स्थानीय आफैँले हटाउन पहल नगरेपछि महानगरले डोजर लगाएको हो । ‘हामीले सात दिनअघि पनि सार्वजनिक सूचना जारी गरेका थियौँ । त्योभन्दा अघि पनि सार्वजनिक सूचना जारी गरेका थियौँ । हिजो मात्र पनि माइकिङ गरेर अवैधानिक तरिकाले बनाएको घरटहरा भत्काउनका लागि भनेका हौँ । तर, घरधनीले अटेर गर्नुभएपछि आफैँ गएर भत्काउनुपरेको हो,’ प्रवक्ता मानन्धरले भने ।

उनका अनुसार महानगर क्षेत्रभित्रका कुनै पनि सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर निर्माण भएका भौतिक संरचना सम्बन्धित व्यक्तिले नै नहटाए महानगर आफैँले भत्काउनेछ ।   
 

सुझावित समाचार