सल्यानमा नुहाउने क्रममा बबई नदीमा डुबेर चार वर्षीय बालकसहित दुईजनाको मृत्यु भएको छ।
जिल्लाको कालीमाटी गाउँपालिका– ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र चार वर्षीय बालक सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
नुहाउन गएका उनीहरू अबेरसम्म घर नर्फिएपछि खोजतलास गर्ने क्रममा कार्कीलाई घरदेखि करिब एक किलोमिटर तल फेला पारी भेरी अस्पताल नेपालगन्ज पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।
मृतक दुवैको शव पोस्टमार्टमका लागि नेपालगन्जको शवगृहमा राखिएको उनको भनाइ छ।