पश्चिम नेपालको तराईमा तापक्रम ४२ डिग्री नाघ्यो, काठमाडौंसहितका उपत्यकामा गर्मी ह्वात्तै बढ्यो

शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण

तातो हावा चलिरहेको पश्चिम नेपालमा तापक्रममा तीव्र वृद्धि भएको छ।

शनिबार पश्चिम नेपालको तराईका प्रमुख सहरहरूको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस नाघेको छ भने काठमाडौं, घोराही, वीरेन्द्रनगर र दिपायल उपत्यकाको तापक्रम पनि उच्च वृद्धि भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार सबैभन्दा बढी नेपालगन्जको तापक्रम ४२.६ डिग्री सेल्सियस मापन भएको छ। बाँकेकै भगवानपुरमा ४२.२ र सिक्टा सिँचाइ आयोजना क्षेत्रमा ४२ डिग्री सेल्सियस पुगेको छ।

धनगढीको अधिकतम तापक्रम पनि ४२.१ डिग्री सेल्सियस र कैलालीकै साडेपानीमा पनि तापक्रम ४१.४ डिग्री सेल्सियस पुगेको छ। भैरहवामा भने ३९.८ डिग्री सेल्सियस मापन भएको छ।

उपत्यकाहरूमै पुग्यो ४० डिग्रीसेल्सियस
तापक्रम तराईमा मात्र होइन, पहाडी क्षेत्र, त्यसमा पनि उपत्यकाहरूमा उच्च छ।
शनिबार दिपायलमा ४०.५ र सुर्खेतको वीरेन्द्रनगरमा ४०.३ डिग्री सेल्सियस पुगेको छ।

काठमाडौंमा पनि गर्मी बढेको छ, यहाँको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै, दाङको घोराहीमा ३८.४ र पोखरामा ३३.६ डिग्री सेल्सियस मापन भएको छ।

सुझावित समाचार