संसद् भवन क्षेत्रमा सुरक्षा व्यवस्था कडा [तस्बिरहरू]

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ। 

बिहीबार प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षका सांसदबीच धकेलाधकेलसमेत भएको छ। आजै कांग्रेसनिकट नेविसंघले संसद् भवनअगाडि प्रदर्शन गरेको छ। 

सुरक्षा संवेदनशीतालाई लिएर प्रहरीले शुक्रबार संसद् भवनबाहिरको फुटपाथमा हिँडडुलमा समेत कडाइ गरेको छ। 

तस्बिरहरू : 

सुझावित समाचार