राष्ट्रिय सभाको बैठक पुनः आइतबारसम्मलाई स्थगित भएको छ। प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरूको विरोधपछि बैठक स्थगित गरिएको हो।
बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षका सांसदहरू आफ्नो सिटबाट उठेका थिए। सभाध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई आफ्नो स्थानमा बसेर बैठक चलाउन आग्रह गरे पनि उनीहरू उठिरहेपछि बैठक स्थगित गरिएको हो।
अहिलेको समस्या राष्ट्रिय सभामा नभएर अन्यत्रै उत्पत्ति भएको भन्दै सभाध्यक्ष दाहालले बैठक सहज रूपमा चल्न दिन आग्रह गरेका थिए।
अर्को बैठक जेठ ६ गते आइतबार दिउँसो १ः१५ बजेलाई बोलाइएको छ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै नेपाली कांग्रेसले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ।