सभामुखको भूमिकाप्रति कांग्रेसको आशंका, पार्टी नेतृत्वको इसारामा चलेको आरोप

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण
सभामुखको भूमिकाप्रति कांग्रेसको आशंका, पार्टी नेतृत्वको इसारामा चलेको आरोप

फाइल तस्बिर

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुखको भूमिकाप्रति आशंका व्यक्त गरेको छ।

बैठकपछि संसद्परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सभामुख देवराज घिमिरेको भूमिकाप्रति आशंका व्यक्त गरेका हुन्। निष्पक्ष हुनुपर्ने सभामुख पार्टी अध्यक्षको इसारामा चलेको महतको आरोप छ। 

‘प्रतिपक्ष दल बेलमै आइसकेपछि सभालाई अघि बढाउने काम गर्नुहुँदैन थियो। तर, सीधै तलबाट नेताहरूले अघि बढा भन्ने र सभामुखले विरोधका बाबजुद जबर्जस्ती सभा सञ्चालन गर्न थाल्नुभयो। यो हाम्रो संसदीय इतिहासमा सबैभन्दा अमर्यादित हो,’ उनले भने, ‘संसदीय विधिको रक्षा गर्न बसेको सभामुखले नै पार्टी नेतृत्वको निर्देशनमा काम गर्नु दुर्भाग्यपूर्ण हो।’
 

सुझावित समाचार