प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल संसद अवरोधकै विषयमा केन्द्रित

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच बालुवाटारमा करिब ४५ मिनेट छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफल संसद् अवरोधकै विषयमा केन्द्रित थियो ।

सभामुखले संसदबाट विधेयकहरू पारित हुन नसकिरहेकाे वेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताए । संसद् सञ्चालन भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने सभामुखले बताए । 

उनले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीसमक्ष अपिल गरे । प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरूको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठकमा संसद् खुलाउने गरी निर्णयमा पुग्ने बताएका छन् ।

सुझावित समाचार