अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी खुलाउने सरकारको घोषणा

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी खुलाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले अन्तर्राष्ट्रिय व्यापारलाई लक्षित गरेर यस्तो बताएका हुन्। नेपाल र विभिन्न देशका भुक्तानी प्रणाली र सेवा प्रदायकको सिस्टमलाई अन्तर–आबद्ध गर्ने उनले बताए। त्यसमा विदेशी मुद्रामै भुक्तानी गर्न मिल्ने गरी व्यवस्था गर्ने सरकारको नीति छ। 

समग्रमा सुरक्षित रूपमा अन्तर्राष्ट्रिय भुक्तानीको काम गर्न मिल्ने सुविधा ल्याइने राष्ट्रपतिले उल्लेख गरे।

सुझावित समाचार