सरकारले व्यावसायिक वन्यजन्तु पालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ। मंगलबार संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले संरक्षित क्षेत्रमा पर्यटन प्रवर्द्धन गरिने घोषणा गरे।
वातावरण अध्ययन प्रतिवेदन स्वीकृत गरी प्रमुख सहरहरूमा प्रदूषण मापनलाई थप प्रभावकारी बनाउने सरकारको घोषणा छ।
वातावरणीय परिक्षण र अनुगमन गर्ने, जलवायु परिवर्तनका नकारात्मक क्षेत्र न्यूनीकरण गर्ने तथा जलवायुसँग सम्बन्धित कोषको अधिकतम उपयोग गर्ने सरकारले नीति लिएको छ।