नेविसंघले माग्यो स्टार्टअप योजना, उत्कृष्ट ५१ योजनालाई प्रशिक्षण दिई लगानीकर्ता खोजिदिने

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्टार्टअपको योजना माग गरेको छ। नेविसंघले प्रविधि, दिगो विकास, स्वास्थ्य सेवामा आधारित व्यावसायिक योजनासहित प्रस्ताव दर्ताको आह्वान गरेको हो।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार दर्ता भएकाबाट उत्कृष्ट ५१ स्टार्टअप योजना छनोट गरिनेछ। उत्कृष्ट योजनालाई विज्ञ र विशेषज्ञ उपलब्ध गराएर प्रशिक्षण सञ्चालन गरिने उनको भनाइ छ।

दर्ताका लागि मे ३१ (जेठ १८)सम्मको अवधि तोकिएको छ। प्रस्ताव दुई सय शब्दमा पठाउनुपर्ने नेविसंघले जनाएको छ।

‘प्रस्ताव आएकाबाट ५१ वटा स्टार्टअप छनोट गरिनेछ। युवामा रहेको उद्यमशीलताको समस्या समाधान गर्न हामीले यो योजना अगाडि ल्याएका हौँ। उत्कृष्ट आइडियालाई कम्पनी दर्ता, उद्योगी, विशेषज्ञहरूसँग छलफलका लागि समन्वय गर्नेछौँ । साथै स्टार्टअपका लागि लगानीकर्तासँग समन्वयसमेत गर्नेछौँ,’ शेर्पाले भने।

सुझावित समाचार