पुष्पा र नरेन्द्रलाई हाफ म्याराथन उपाधि

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

पुष्पा भण्डारी र नरेन्द्र सिंह रावतले कर्णाली हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजना भएको दौडमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफकी पुष्पाले निर्धारित २१.०९५ किलोमिटर दूरी १ घन्टा २८ मिनेट १७ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी हुन् । महिलातर्फ विभागीय टोली त्रिभुनव आर्मी क्लबकी सिर्जना पाण्डे १ घन्टा ३२ मिनेट ४३ सेकेन्डसहित दोस्रो र जुम्लाकी राज्य रावलले १ घन्टा ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै तेस्रो भइन् । 

पुरुषतर्फ नरेन्द्रले १ घन्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् । आर्मीका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्डसहित दोस्रो र आर्मीकै श्रीकेश राईले १ घन्टा १३ मिनेट २३ सेकेन्डमा दूरी पस्पर गरी तेस्रो स्थान प्राप्त गरेका हुन् । दुवै विधाका विजेताले ५५ हजार, उपविजेताले ३० र तेस्रो हुनेले २० हजार प्राप्त गरेका छन् । 

हाफ म्याराथन ४५ वर्षमाथि उमेर समूहमा काठमाडौंका धर्म महर्जन एक घन्टा २२ मिनेटसहित पहिलो, काठमाडौंकै रेवत दाहाल १ घण्टा २५ मिनेट ७ सेकेन्ड सहित दोस्रो र बुटवलका गंगाबहादुर पुन तेस्रँे भएका छन् । उनीहरूले ले १ घन्टा ४८ मिनेट २ सेकेन्डमा दूरी पूरा गरी पहिलो, दोस्रो र तेस्रो भए । 

विद्यालयस्तरी पाँच किलोमिटर छात्रतर्फ सुर्खेतका अजय विक पहिलो, सुर्खेतकै रमेश बुढा दोस्रो र मुगुका नमराज बानिया तेस्रो भए । छात्रातर्फ सुर्खेतका बिमला कार्की पहिलो, सुर्खेतकै पुर्णिमा बुढाक्षेत्री दोस्रो र कालिकोटकी लक्ष्मी शाही तेस्रो भएका छन् । पाँच किलोमिटर दौडमा एसओएस हर्मन माइनर विद्यालयका साढे आठ बर्षका बालक प्रेम बस्नेतले समेत दौड पुरा गरेका थिए । 

सुझावित समाचार