वेस्ट इन्डिजविरुद्ध अनिलको पनि अर्धशतक

शनिबार, २२ बैशाख, २०८१
डिजिटल संस्करण
वेस्ट इन्डिजविरुद्ध अनिलको पनि अर्धशतक

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिलकुमार शाहले पनि अर्धशतक बनाएका छन्।

अनिलले ४१ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाएका हुन्। तेस्रो नम्बर क्रिजमा आएका अनिल पहिलोपटक लयमा देखिएका छन्। 

वेस्ट इन्डिजविरुद्ध आसिफ सेख ३५ बलमा ५१ रन बनाएर आउट भएका छन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रनको लक्ष्य दिएको छ।

सुझावित समाचार