स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन् ।बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि र ४७ अर्ब रुपैयाँ उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए। सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उनले बताए ।
महासचिव दुवालले सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका बालबालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको सय मिटर वरपरसम्म सुर्ती बेचबिखन र सेवन गर्न प्रतिबन्ध लगाएको हुँदा राज्यका निर्देशन उल्लंघन भएमा विद्यार्थी स्थानीय तह र प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने औँल्याए ।
अभियानमा गणेशमान सिंह मेमोरियल अस्पतालका डा आदित्य रञ्जितले धूमपान र सुर्ती सेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायत रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीलाई घरघरमा सन्देश पुर्याउन आह्वान गरे। धूमपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइ आफ्नो परिवार र आफू आसपासका व्यक्तिलाई पनि बिरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धूमपान निषेध गर्न राज्य लाग्नुपर्नेमा उनले जोड दिए ।
युवा सृजनशील समाजकी अध्यक्ष शारदा लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थी यसबाट टाढा रहनुपर्ने बताउँदै सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभई भविष्यका कर्णधारको जीवन नै जोखिममा पार्ने भएकाले सुर्ती सेवन र नगर्न अनुरोध गरे ।
सुर्ती नियन्त्रण अभियान : सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
सुझावित समाचार
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण राजकीय हुने भएको छ। मित्रराष्ट्र भारतले उनको …
एमालेको राष्ट्रिय भेलामा ३४ सय बढी प्रतिनिधि सहभागी हुने
काठमाडौं/ नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्व…
कांग्रेस एकताबद्ध हुन नदिन सर्वोच्च सहयोगी बन्यो : महर
धनगढी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतको भूमिका रहेको आरोप लगाएका छन् । धन…
बझाङ अटोरिक्सा दुर्घटना : मृतकको संख्या चार पुग्यो
काठमाडौं । बझाङको बुंगलमा अटोरिक्सा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। घटनास्थलमा तीनजनाको शव फेला परेकोमा…
१२ वर्षमा कञ्चनपुरमा हात्तीको आक्रमणबाट १७ जनाले गुमाए ज्यान
कञ्चनपुरमा पछिल्ला वर्षमा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् । मानव बस्ती विस्तारसँगै वन्यजन्तुका वासस्थान र हिँड्डुल गर्…
हेटौँडामा साझा उत्सव बन्दै छठ
कुनै समय मधेशी समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय हेटौँडामा सबै समुदायको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा स्था…