मैगुम गाउँमा घरैपिच्छे धारा जडान

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

लमजुङको बेँसीसहर नगरपालिका- ७ मैगुममा घरैपिच्छे धारा निर्माण गरिएको छ।

ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपाल र सिआरएस नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुर्नलाभ परियोजनअन्तर्गत मैगुमका दलित बस्तीमा २९ घर, रावल गाउँमा १५ घर र एउटा समूह भवनमा गरी ४५ वटा घरमा एक–घर एक धार जडान गरिएको हो।

आरसिडिसी नेपाल, सिआरएस नेपाल र मैगुम खानेपानी तथा सरसफाइ उपभोक्त समितिबीच ०८० मंसिर ६ गते खानेपानी योजना निर्माणका लागि सम्झौता भई ०८० माघ २९ गते सम्पन्न गरी खानेपानीको पहुँच पुर्याइएको छ।

उक्त खानेपानी निर्माणका लागि लमजुङ पुर्नलाभ परियोजनाद्वारा २० लाख ४७ हजार आठ सय एक रुपैयाँ ६ पैसा र पाँच लाख ५० हजार ६ सय १२ रुपैयाँ स्थानीयको श्रमदान परेको लमजुङ पुर्नलाभ परियोजनाका परियोजना संयोजक रवि थापाले बताए।

थापाका अनुसार बस्तीबाट १२ सय मिटर र आठ सय ५० मिटरको दूरीमा दुई वटा फेरो सिमेन्ट (आरभिटी) ट्यांक निर्माण गरी गडुलो खोला मूलबाट पानी ल्याइएको छ।  

See More On

सुझावित समाचार