सांग्रिलाको अन्तरशाखा हाजिरीजवाफ प्रतियोगिता

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखाका कर्मचारीको वृत्ति विकासको उद्देश्यसहित आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता (सांग्रिला क्विज) सम्पन्न भएको छ । प्रतियोगतिा गत माघबाट शाखास्तरमा सुरु भएको र २८ फागुनमा क्लस्टरस्तरमा सम्पन्न भई सो प्रतियोगिताबाट छनोट भएकाहरूको अन्तिम चरणको हाजिरीजवाफ काठमाडौंमा सम्पन्न भएको बैंकले जनाएको छ ।

प्रतियोगितालाई सञ्चालन तथा कर्जा गरी दुई समूहमा वर्गीकरण गरिएको थियो । शाखास्तरको प्रथम चरणमा चार सय ६४ कर्मचारी सहभागी भएकामा सोबाट विजयी एक सय ८७ कर्मचारीले क्लस्टरस्तरको दोस्रो चरणमा भाग लिएका थिए । तत्पश्चात्, दोस्रो चरणमा विजयी तथा उपविजयी भएका सञ्चालन तथा कर्जा समूहका २०–२० जना गरी जम्मा ४० जना प्रतियोगीको अन्तिम चरणको कन्ट्री राउन्डमा सहभागिता रहेको थियो । 

उक्त अन्तिम चरणको प्रतियोगितामा सञ्चालन समूहको तर्फबाट सुर्खेत सबक्लस्टरका महेश रावल तथा हेमन्त बिसी विजयी भएका थिए भने धनगढी क्लस्टरका नीरज कुँवर तथा गणेशसिंह ठगुन्ना उपविजयी भए । त्यस्तै, कर्जा समूहका तर्फबाट काठमाडौं क्लस्टरका चेतन भट्टराई तथा सञ्जुकुमारी श्रेष्ठ विजयी भएका भए । त्यस्तै, वीरगन्ज सबक्लस्टरका लबदेव पाठक तथा अरुण ब्लोन उपविजयी भएको बैंकले जनाएको छ ।

 कार्यक्रममा दुई समूहका चारजना विजयी कर्मचारी प्रत्येकलाई नगद ६० हजार एवं दुई समूहका उपविजेता चारजनामध्ये प्रत्येकलाई नगद ४० हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले यस बैंकको इतिहासमै पहिलो तथा विकास बैंकहरूमै नौलो किसिमको यस्तो प्रतियोगिताले कर्मचारीमा सिक्ने–पढ्ने बानी बस्ने र यसले वृत्ति विकासमा बलियो टेवा पुग्ने बताए ।

सुझावित समाचार