सहकारी ठगीमा राप्रपा सांसद बस्नेतसहित १४ विरुद्ध पक्राउ पुर्जी

बुधबार, १९ बैशाख, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोतीमा रहेको छिपछिपे सहकारी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सांसद बस्नेत, सहकारीका अध्यक्ष गोपी शर्मासहित १४ जनाविरुद्ध संगठित अपराधअन्तर्गत पक्राउ गरी अनुसन्धान गर्न प्रहरीले अदालतबाट पुर्जी लिएको हो । बस्नेत राप्रपाकी समानुपातिक सांसद हुन् । 

बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्न अदालतसँग अनुमति माग गरेअनुसार पक्राउ पुर्जी जारी भएको बार एसोसिएसन नवलपुरका अध्यक्ष चेतप्रसाद डुम्रेले बताए ।

छिपछिपे सहकारीमा १० करोड अनियमितता आरोपमा प्रहरीले यसअघि प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डेसहित सातजनालाई पक्राउ गरेको थियो । बस्नेतले छिपछिपे सहकारीबाट करिब एक करोड, चितवनको सनराइज सहकारीबाट साढे दुई करोड र बर्दियाको एक सहकारीसहित गरी साढे पाँच करोडभन्दा बढी ठगी गरेको पाइएको स्रोतले जनाएको छ । 

सुझावित समाचार