आमरण अनशनमा रहेकाहरू रुसी राजदूतावासको गेटबाट पक्राउ

सोमबार, १७ बैशाख, २०८१
डिजिटल संस्करण
आमरण अनशनमा रहेकाहरू रुसी राजदूतावासको गेटबाट पक्राउ

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

रुसी सेनामा कार्यरत नेपालीको परिवारले सेनामा रहेकाको करार रद्द गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै रुसी राजदूतावासअगाडि प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका छन्।

११ दिनदेखि आमरण अनशनमा रहेका कृतु भण्डारी र सिरानी घर्तीसहित ६ जनालाई बालुवाटारबाट प्रहरीले पक्राउ गरी मालीगाउँस्थित प्रहरी हिरासतमा राखेको छ। पक्राउ पर्नेहरूमा उनीहरूबाहेक रोजी पुन, मोहन भट्ट, उषा खत्री र देवेन्द्र भट्ट छन्।

‘क्षतिपूर्ति, करार रद्द, बेपत्ताहरूको सार्वजनिकलगायतका माग राख्दै रुसी दूतावासअगाडि नाराबाजी गरेको पाँच मिनेटमा हामीलाई प्रहरीले पक्राउ गरेर मालीगाउँ ल्याएको छ,’ पक्राउ परेकी रुसी सेनामा रहेकाहरूको जीवनरक्षा अभियानकी संयोजक कृतु भण्डारीले भनिन्।

सो क्रममा भण्डारी घाइते भएकी छिन्।

सुझावित समाचार