वेष्ट इन्डिजविरुद्ध रोहितको अर्धशतक

आइतबार, १६ बैशाख, २०८१
डिजिटल संस्करण

दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्।

रोहितले ३४ बलमा चार चौका र एक छक्कासहित ५० रन पूरा गरेका हुन्। ओवेड म्याकक्वोलाई छक्का हान्दै उनले अर्धशतक पूरा गरे।

पहिलो खेलमा रोहितले शतक बनाएका थिए।

यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेष्ट इन्डिजले  निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले १६ ओभरमा एक सय २० रन बनाएर खेलिरहेको छ ।
 

सुझावित समाचार