काठमाडौंका उपभोक्तालाई लक्षित गरी सुजल डेरीले ‘सफल काउ मिल्क’ उपलब्ध गराउन थालेको छ । उपभोक्ताको मागअनुसार गाईको शुद्ध दुध उपलब्ध गराउन थालेको कम्पनीको भनाइ छ ।
कम्पनीले गाईको दुधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको बताएको छ । प्र्रत्येक प्याकेट क्रिमयुक्त रहेको र यसले उपभोक्तालाई शुद्धता र गुणस्तर दिने कम्पनीको दाबी छ ।
साथै, सफल ह्याप्पी काउ मिल्कमा एनएनएफ र फ्याट सन्तुलन मिलाइएकाले स्वादिष्ट, क्रिमयुक्त र स्वास्थ्यवद्र्धक बनेको बताइएको छ । यसमा क्याल्सियम, प्रोटिन र भिटामिनका साथै मिनरल पनि पूर्ण रूपमा पाइनेछ । आधा लिटरको प्याकेटमा पाइने यसको मूल्य ६० रुपैयाँ तोकिएको छ ।