युएईमा ७५ वर्षयताकै भारी वर्षा, जनजीवन प्रभावित [तस्बिरहरू]

बुधबार, ५ बैशाख, २०८१
डिजिटल संस्करण

युएईमा गएको सोमबारदेखिको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

स्थानीय मौसम विज्ञानका अनुसार सन् १९४९ यताकै भारी वर्षा छ। अहिलेसम्म २४ घण्टामा दुई  सय ५४ मिलिमिटर पानी परेको छ, जुन अहिलेसम्मकै उच्च हो।

वर्षाका कारण सार्वजनिक यातायात, मेट्रो, ट्याक्सी चल्न सकेका छैनन्। वर्षाका कारण हवाई यातायात पनि प्रभावित भएको छ। 

यस्तै, अधिकांश कम्पनीले बिदा दिएका छन् भने धेरैजसाे पसलभित्र पानी पसेकाे छ। मंगलबार रातिदेखि पानी पर्न रोकिए पनि पानीकाे निकास नहुँदा जनजीवन प्रभावित भएकाे छ। 

तस्बिरहरू : 

सुझावित समाचार