आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ। जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गरी भैरवको रथ तान्न सुरु गरिएको छ।
.jpg'_'.2024-04-09.jpg)
विगतका वर्षहरूमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्याउने प्रचलन भए पनि यस वर्ष भने भैरवनाथको रथ करिब ३ बजे नै तान्न सुरु गरियो।
.jpg'_'.2024-04-09.jpg)
विगतका वर्षहरूमा रथमा जथाभावी मानिस बस्ने गरे पनि यस वर्ष भने रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्ति मात्रै राखिएको छ।
.jpg'_'.2024-04-09.jpg)
आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिंगो उठाइने जात्रा हुनेछ। वैशाख १ गते अपराह्न ५ बजेभित्र लिंगो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने तयारी रहेको बताइएको छ।
.jpg'_'.2024-04-09.jpg)
.jpg'_'.2024-04-09.jpg)
.jpg'_'.2024-04-09.jpg)
.jpg'_'.2024-04-09.jpg)
.jpg'_'.2024-04-09.jpg)
.jpg'_'.2024-04-09.jpg)