कोशी सरकारबाट बाहिरियाे माओवादी, समर्थन फिर्ता

सोमबार, २६ चैत, २०८०
डिजिटल संस्करण

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएकाे छ। 

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए। 

उनका अनुसार माओवादी केन्द्रबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिँदै छन्।  कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानीमन्त्री छन्। 

यस्तै, नेकपा एमालेले पनि कोशी सरकारलाई दिएकाे समर्थन फिर्ता लिने एमाले र माओवादीले संयुक्त रूपमा नयाँ सरकार गठनका लागि विशेष अधिवेशन आह्वान गर्ने निर्णय गरेकाे माओवादी नेता आङ्बोले बताए। 

सुझावित समाचार