नेपाल आज आयरल्यान्ड ‘ए’को सामना गर्दै

टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ले नेपाल भ्रमणमा रहँदा आठ खेल खेल्नेछ

सोमबार, १२ चैत, २०८०
डिजिटल संस्करण
नेपाल आज आयरल्यान्ड ‘ए’को सामना गर्दै

त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्दै घरेलु खेलाडी

नेपाल राष्ट्रिय पुरुष टोली र आयरल्यान्ड ‘ए’बीचको अन्तर्राष्ट्रिय टी–२० शृंखला सोमबारबाट सुरु हुँदै छ । त्रिवि क्रिकेट मैदानमा सोमबार नेपालले आयरल्यान्डको ‘ए’ टोलीको सामना गर्दै छ । शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ । त्यसपछि आयरल्यान्डको ‘ए’ टोलीले नेपालको ए टिमसँग टी–२० र एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

समग्रमा टेस्ट राष्ट्र आयरल्यान्डको ए टोलीले नेपालमा ८ खेल खेल्नेछ । नेपालको नेतृत्व रोहितकुमार पौडेलले गर्नेछन् । सिनियर टिमबाट खेल्दै आएका सोमपाल कामी, अनिल शाह, कुशल भुर्तेल, आसिफ शेख, करण केसी, कुशल मल्ल, गुल्सन झा, आकाश चन्द, अभिनाश बोहरा, सन्दीप जोरा, ललितनारायण राजवंशीले आयरल्यान्डविरुद्ध खेल्नेछन् । 

आइसिसी टी–२० विश्वकपअघि नेपालले यस खेललाई तयारीका रूपमा लिएको छ । नेपालले लगातार चार फाइनल गुमाएको छ । नेपाल पछिल्लोपटक नेदरल्यान्ड्स र नामिबियाको शृंखलाको फाइनलमा पराजित भएको थियो । आयरल्यान्डमा सिनियर टोलीबाट खेलिसकेका नौ खेलाडी छन् । टोलीको कप्तानी निल रकले गर्नेछन् । टोलीमा पिटर मुर पनि छन् । उनी सन् २०१४ देखि २०१९ सम्म जिम्बावेबाट खेलेका थिए । 

विनोदको कप्तानीमा टोली घोषणा
विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीको कप्तानीमा नेपालको ‘ए’ टोलीले आयरल्यान्डविरुद्ध खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विनोदको कप्तानीमा दुई फम्र्याटका लागि टोली घोषणा गरेको हो । विनोदसँगै आरिफ शेख, देव खनाल, बसिर अहमद, कमलसिंह ऐरी र विकाश आग्रीले दुवै टोलीमा मौका पाएका छन् । नेपालले पहिलो ‘ए’ले आयरल्यन्ड ‘ए’सँग चैत १५, १६ र १८ मा टी–२० खेल खेल्नेछ । 

विनोदसँगै आरिफ, बसिर, रसिद, पवन सराफ, लोकेश बम, देव, किरण ठगुन्ना, अर्जुन घर्ती, नारायण जोशी, सागर ढकाल, विपिन खत्री, कमलसिंह, हेमन्त धमी र विकाश छन् । नेपालले एकदिवसीय खेल २१, २३ र २५ चैतमा खेल्नेछ । यस टोलीमा कप्तान विनोदसहित, आरिफ, देव, बसिर, भीम सार्की, साहब आलम, कमलसिंह, अर्जुन कुमाल, विकास, नरेन भट्ट, रञ्जित कुमार, रूपेश सिंह, रिजन ढकाल र श्याम ढकाल (मौसम) छन् । 

सुझावित समाचार