आयरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

आइतबार, ११ चैत, २०८०
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले आएरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा गरेको छ। विनोद भण्डारीको नेतृत्वमा क्यानले टी–२० र वान डेका लागि छुट्टाछुट्टै दुई टोली घोषणा गरेको हो।

टी–२० तर्फको टोलीमा विनोदसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ सेश, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।

विनोदकै नेतृत्वमा रहेको वान डेतर्फको टिममा अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ सेख, बसिर अहमद, कमलसिंह ऐरी, सहाब अलाम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।

सुझावित समाचार