प्रहरीका पेट्रोल पम्प अब २४सै घण्टा सञ्चालन हुने

बिहिबार, ८ चैत, २०८०
डिजिटल संस्करण

नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरू अब २४सै घण्टा सञ्चालन हुने भएका छन्।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोल पम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन्। 

उपप्रधानमन्त्री लामिछानेले पेट्रोल पम्प २४सै घण्टा खुला गर्न आदेश दिएसँगै आजदेखि पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। 

सुझावित समाचार