सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा ६ जना सर्वसम्मत

मंगलबार, ६ चैत, २०८०
डिजिटल संस्करण

९–१० चैतमा सम्पन्न हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशनअघि नै महासचिवसहित ६ जना सर्वसम्मत भएका छन्।

कार्यकारी पद महासचिवमा युवा व्यवसायी ईश्वर गुभाजू सर्वसम्मत निर्वाचित भएका हुन्। प्रथम उपाध्यक्षमा भेषबहादुर बस्नेत, तृतीय उपाध्यक्षमा विचारी पराजुली, सहकोषाध्यक्षमा उद्धव पौडेल र सदस्यमा चमेली श्रेष्ठ र कल्याणी घिसिङ सर्वसम्मत निर्वाचित भएका छन्। 

संघमा एक लाख ६० हजार रकम बुझाएर बुद्धराज बस्नेत, शम्भु तिमल्सिना र सुमन खत्रीले अध्यक्ष पदका लागि मनोनयनपत्र दर्ता गराएका छन्। पदाधिकारी र १५ सदस्यका लागि ४० जनाभन्दा बढीले उम्मेदवारी दर्ता गराएको अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए।
 

सुझावित समाचार