बिआइए फाउन्डेसनले अपांगता भएका व्यक्तिहरूको सहभागितामा ह्विलचेयर रेस सम्पन्न गरेको छ। शनिबार भृकुटीमण्डपबाट सुरु भएको रेस प्रदर्शनीमार्ग–सुन्धारा–जमल–केशरमहल–दरबारमार्ग हुँदै पुनः प्रदर्शनीमार्ग आएर समाप्त भएको थियो।
फाउन्डेसनको यो चौथो ह्विलचेयर म्याराथन हो। फाउन्डेसनको जन्मदिन तथा अन्तर्राष्ट्रिय ह्विलचेयर डेका अवसरमा शनिबार उक्त रेस आयोजना गरिएको हो।
प्रतिस्पर्धामा करिब २५० जना सहभागी भएकाे आयोजकले जनाएको छ। उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरियो।
रेसमा सहभागीहरूलाई हौसला प्रदान गर्नको लागि कलाकार राजेश हमाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन पनि कार्यक्रममा उपस्थित थिए।
तस्बिरहरू :
.jpg'_'.2024-03-16.jpg)
.jpg'_'.2024-03-16.jpg)
.jpg'_'.2024-03-16.jpg)
.jpg'_'.2024-03-16.jpg)
.jpg'_'.2024-03-16.jpg)
.jpg'_'.2024-03-16.jpg)
.jpg'_'.2024-03-16.jpg)
.jpg'_'.2024-03-16.jpg)
.jpg'_'.2024-03-16.jpg)
.jpg'_'.2024-03-16.jpg)
.jpg'_'.2024-03-16.jpg)