उदयपुरमा भिरबाट बोलेरो खस्दा सातको मृत्यु, सात घाइते

बिहिबार, १ चैत, २०८०
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनीमा भिरबाट बोलेरो जिप खस्दा सातजनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार सातजनाको घटनास्थलमै मृत्यु भएको हो।

उनले मृतकको सनाखत हुन बाँकी रहेको बताए । उनले भने, ‘भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ६ सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनास्थल उदयपुरको बेलका मैनामैनी क्षेत्रमा पर्ने रहेछ।’

थापाले घाइते सातजानालाई उद्धार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको पनि बताए। दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन र दुर्घटनाको कारण खुल्न बाँकी रहेको पनि बताए। 

उनका अनुसार दुर्घटनास्थल भोजपुरबाट नजिक पर्ने भएकाले भोजपुर र उदयपुर दुवै जिल्लाका प्रहरी उद्धारमा परिचालन गरिएको छ। 
 

सुझावित समाचार