ध्यानको आनन्द

बुधबार, ३० फागुन, २०८०
डिजिटल संस्करण

मनलाई शान्त र स्थिर राख्नका लागि ध्यान गरिन्छ । ध्यान गर्दा मानिसले आरामदायी महसुस गर्छन् । यसले उनीहरूमा आत्मजागरण र आध्यात्मिक सोच वृद्धि गर्छ । 

कुनै शान्त स्थान छानेर आरामदायी रूपमा बस्ने र गहिरो सास लिँदै आफ्नो श्वास–प्रश्वासमा ध्यान केन्द्रित गर्नुपर्छ । भर्खरै ध्यान गर्न सुरु गर्नुभएको छ भने पाँचदेखि १० मिनेट मात्रै यसरी एकाग्र भएर बस्दा पनि आराम महसुस गर्नुहुन्छ र फरकपन पाउनुहुन्छ । त्यसपछि बिस्तारै ध्यानको अवधि बढाउँदै लानुपर्छ । 

नियमित ध्यान गर्नुका धेरै फाइदा छन् । तनाव हट्छ, भय कम भएर जान्छ, आत्मजागरण बढ्छ, स्मरण शक्ति तेज हुन्छ, दयाको भाव पलाउँछ र निद्रा पनि राम्रो लाग्छ । 

See More On

सुझावित समाचार