ओपेनहाइमरबाट नोलनलाई ‘बेस्ट डिरेक्टर’ अवार्ड

सोमबार, २८ फागुन, २०८०
डिजिटल संस्करण
ओपेनहाइमरबाट नोलनलाई ‘बेस्ट डिरेक्टर’ अवार्ड

तस्बिर : गेटी इमेजेज्

९६औं एकेडेमी अवार्डमा क्रिस्टोफर नोलनले ‘बेस्ट डिरेक्टर’को ओस्कार जितेका छन्। उत्कृष्ट चलचित्रको अवार्ड पाएको ‘ओपेनहाइमर’का लागि नोलनले पहिलोपटक ओस्कार जितेका हुन्।

यसअघि सन् २०१८ मा ‘डंकर्क’बाट नोमिनेसनमा परे पनि उनले अवार्ड पाएनन्। ‘गोल्डन ग्लोब’, ‘बाफ्टा’, ‘क्रिटिक्स च्वाइस‘, ‘डिरेक्टरर्स गिल्ड अफ अमेरिका’लगायतका अवार्ड जितिसकेका नोलनलाई यो पटक सुरुदेखि नै बलिया दाबेदार मानिएको थियो।

आणविक हतियारका आविस्कारक जे. रोबर्ट ओपेनहाइमरको बायोपिकमा किलियन मर्फि मुख्य भूमिकामा छन्। यसै चलचित्रबाट मर्फिले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन्।
 

सुझावित समाचार