९६औँ एकेडेमी अवार्डमा किलियन मर्फीले ओपेनहाइमरबाट उत्कृष्ट अभिनेता (बेस्ट एक्टर)को ओस्कार अवार्ड पाएका छन्। आणविक हतियारका आविष्कारक जे. रोबर्ट ओपेनहाइमरको बायोपिकमा मर्फी मुख्य भूमिकामा छन्।
पहिलोपटक अाेस्कार नोमिनेसनमा परेका मर्फीले पल गियामाट्टी (द होल्डओभर्स), जेफ्री राइट (अमेरिकन फिक्सन) र ब्राड्ली कुपर (माएस्ट्रो)लाई पछि पार्दै अवार्ड जितेका हुन्।
काई बर्ड र मार्टीन जे. सेरविन लिखित ‘अमेरिकन प्रोमिथस’ पुस्तकमा आधारित यो चलचित्रले नै सर्वोत्कृष्ट चलचित्रको अवार्डसमेत पाएको छ।