राष्ट्र बैंकले आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

शुक्रबार, २५ फागुन, २०८०
डिजिटल संस्करण
राष्ट्र बैंकले आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

फाइल तस्बिर ।

नेपाल राष्ट्र बैंकले आठवर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । 

कुल आठ अर्ब रुपैयाँबराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । ब्याजदरसमेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । यही २९ फागुनको अपराह्न बोलकबोल हुनेछ । 

ऋणपत्रको साँवा भुक्तानी ३० फागुन ०८८ मा हुनेछ । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकरसमेत लाग्नेछ ।

ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निशेष भाग जाने अंकबराबर खरिद गर्न सकिनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी  वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । (रासस)

सुझावित समाचार