पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन

बिहिबार, २४ फागुन, २०८०
डिजिटल संस्करण
पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन

तस्बिर : नयाँ पत्रिका ।

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाको व्यवस्थापन लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाएर आजैदेखि लागू गरेको जनाएको छ । 
 
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरू बिहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिनेछन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा उक्त सुरक्षा योजना बनाएर लागू गरेको उनले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिनेछ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए ।

सुझावित समाचार