यसरी लिनुस् म्युजिक थेरापी

आइतबार, २० फागुन, २०८०
डिजिटल संस्करण

- मन परेको संगीतको छनोट गरेर आनन्दले सुन्नुपर्छ । तनावरहित अवस्थामा ध्यान एकत्रित गरेर संगीतको धुनमा रिल्याक्स लिन सक्नुपर्छ । बिहान पोजेटिभ एफर्मेसन र बेलुकी रिल्याक्सेसन म्युजिक सुन्नु राम्रो हुन्छ । संगीत केवल मनोरञ्जनमात्रै होइन । यसमा मनको हरेक भागलाई स्पन्दित गर्ने शक्ति हुन्छ । जसले उत्साह र आनन्द जगाउँछ । 

- संगीतको धुनमा बिस्तारै शरीरका अंग चलाउँदै सुरतालमा शरीरलाई चलायमान बनाउँदै लानुपर्छ । यसले नसानसामा कम्पन उत्पन्न गर्छ । जसकारण पिट्युटरी ग्रन्थि उत्प्रेरित हुन्छ । शरीर लचिलो बन्छ र विकार तत्व समेत बाहिर जान सहयोग मिल्छ । 

- खुसीका हार्मोन सक्रिय हुँदा मस्तिष्क तीक्ष्ण हुन्छ र स्मरणशक्ति बढ्छ । टाउको दुख्ने, रुघाखोकी लाग्ने, मानसिक रोग लाग्नेजस्ता समस्याका लागि यो थेरापी उपयोगी छ । 

- शारीरिक अंग सहज रूपमा चलायमान हुँदा रक्तप्रवाहमा सहजता हुन्छ । 

- गहिरो निद्रा लाग्नुका साथै तनावबाट मुक्ति पाउन सकिन्छ । रिस कम गर्न मद्दत गर्छ । तनावमुक्त भएको अवस्थामा स्ट्रेस, एन्जाइटीजस्ता मानसिक समस्याबाट बच्न सकिन्छ ।

- संगीतको भाव बुझेर आफूले आफैँलाई प्रश्न गर्नुपर्छ । के म हरेक काम गर्न सक्छु ?’ आफैँ उत्तर दिनुपर्छ : सक्छु । यसले व्यक्तिको आत्मविश्वास बढाउन सहयोग गर्छ । 

See More On

सुझावित समाचार