वनबाट सडक निर्माणमा अवरोध भएको भन्दै वडाध्यक्ष आन्दोलनमा

आइतबार, २० फागुन, २०८०
डिजिटल संस्करण
वनबाट सडक निर्माणमा अवरोध भएको भन्दै वडाध्यक्ष आन्दोलनमा

अवरुद्ध गरिएको दुदिलाखन–गाँजरी सडक

वन कार्यालयले सडक निर्माणमा अवरोध गरेको भन्दै सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीसहित स्थानीय आन्दोलनमा उत्रिएका छन् । उनीहरूले वडा कार्यालयमा ताला लगाउनुका साथै पालिका जोड्ने दुदिलाखन–गाँजरी सडकमा रुख ढालेर नौ दिनदेखि ठप्प पारेका छन् । 

बैतडी–बझाङ राजमार्गको दुदिलाखनबाट गाँजरी हुँदै सिगास गाउँपालिका जोड्ने दुईवटा सडक निर्माणाधीन छन् । जसमध्ये गाँजरीबाट कुर्चेनेटा हुँदै सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण वन कार्यालयले रोकेको छ । संरक्षित वनबाट सडक बनाउन नपाउने अडान वन कार्यालयले राखेको छ भने अर्काे रुट धौलाडी भएर सडक बनाउन चट्टान र भिर अवरोधका रूपमा रहेको स्थानीयको भनाइ छ । त्यही भएर कुर्चेनेटाबाट पालिका जोड्ने सडक बन्नुपर्ने माग राखेको वडाध्यक्ष ऐरीले बताए । 

डिभिजन वन कार्यालयका वन अधिकृत दीलिपकुमार यादवले संरक्षित वनभित्र सडक खन्न प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइई) स्वीकृत गराउनुपर्ने र त्यसपछि सडक निर्माण गर्ने निकायले संरक्षित वनको जग्गा सरकारबाट प्राप्त गर्ने बताए । 

See More On

सुझावित समाचार